Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जिविस झापाको काम ठप्प – Gaule Khabar

जिविस झापाको काम ठप्प

जिविस झापाको काम ठप्प

भद्रपुर,फागुन १ –
आफना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन् ।

कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम गरिएको बताइएको छ ।

कर्मचारीले काम नगरेपछि जिल्ला विकास समिति झापामा आउने सेवाग्राही मर्कामा परेका छन् । आफ्ना माग पूरा नभए फागुन १ गते दिनभरि कार्यालय बन्द गर्ने घोषणा समितिले गरेअन्ुरुप स्थानीय निकायका कर्मचारीले कार्यालयका काम ठप्प पारेको आन्दोलनमा सहभागी जिल्ला विकास समिति झापाका कर्मचारी जय तिमल्सेनाले बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन अविलम्ब गर्नुपर्ने, नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्नसक्ने साङ्गठनिक संरचना र जनशक्तिको व्यवस्था गर्नुपर्ने, सबै कार्यालयमा असलकार्य संस्कृति र उचित कार्य वातावरणको सिर्जन गर्न निश्चित नीति, योजना तथा कार्यक्रम ल्याउनुपर्ने र स्थानीय निकायमा २० औँं वर्षदेखि अस्थायी तथा करारमा रही आफ्नो जीवनको ऊर्जाशील समय जनताको सेवामा व्यतित गरेका छ हजार कर्मचारीको सेवालाई निरन्तरता दिँदै अब बन्ने ऐननियम, कार्यविधि, गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन हुनुपर्ने जस्ता माग राखिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका