Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालमा यसरी हुदैछ हिन्दु धर्म मासेर क्रिस्चियन विस्तारः१ हजार ४ सय ५ वटा चर्च निर्माण भैसके – Gaule Khabar

नेपालमा यसरी हुदैछ हिन्दु धर्म मासेर क्रिस्चियन विस्तारः१ हजार ४ सय ५ वटा चर्च निर्माण भैसके

नेपालमा यसरी हुदैछ हिन्दु धर्म मासेर क्रिस्चियन विस्तारः१ हजार ४ सय ५ वटा चर्च निर्माण भैसके

काठमाडौं,फागुन १-

डलर बगाएर र भ्रम छरेकै भरमा नेपालमा क्रिस्चियन विस्तार अभियानले सफलता पाउँदै गएको छ । यो सफलताको मापन नेपालमा रहेका चर्चहरुको संख्याले पनि देखाएको छ । सामान्यतः पत्यार नलाग्ने गरी नेपालमा चर्चको संख्या वृद्धि भएको छ । अहिले नेपालमा चर्चाहरुको संख्या १ हजार ४ सय ५ वटा पुगेको छ ।

नेपालमा क्रिस्चियन धर्म विस्तार सबैभन्दा बढी उपत्यकामै भएको छ । पत्यार नलाग्न सक्छ काठमाडौं जिल्लामा १८७ वटा चर्च छन् । कुनै बेला काठमाडौंलाई मन्दिर नै मन्दिरको राजधानी भन्ने गरिन्थ्यो । अब विस्तारै चर्च नै चर्चको सहर काठमाडौं भनिए पनि अनौठो नमाने हुन्छ ।

ललितपुर र भक्तपुरमा पनि धेरैवटा चर्च छन् । ललितपुरमा ११८ वटा र भक्तपुरमा ४१ वटा चर्च छन् । स्थानीय धर्म समाप्त पार्ने र क्रिस्चियन धर्म विस्तार गर्नेहरुले तराईदेखि हिमाली जिल्लामा समेत आफ्नो प्रभाव विस्तार गरेका छन् । तीब्बतसँग सीमा जोडिने ताप्लेजुङ जस्तो जिल्लामा पनि ४८ वटा चर्च छन् ।

हिमाली जिल्लाहरुमा समेत क्रिस्चियनहरुले धर्म विस्तार गर्नुको राजनीतिक र रणनीतिक महत्व के हुन सक्छ ? भन्ने प्रश्नको जवाफमा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी भन्छन्, ‘अमेरिकामा केन्द्र रहेको ओपन सोसाइटी फाउन्डेसनको एक रिपोर्ट अनुशार चीनलाई घेर्न नेपालको पहाडी र हिमाली जिल्लामा क्रिस्चियनहरु बिस्तार गरिएको हो ।’

विश्लेषक सुवेदीका अनुशार तीब्बतलाई चीनबाट छुट्टयाउने प्रक्रियामा हिमालमा रहेका क्रिस्चियनहरुको सहयोग लिन यस्तो गरिएको हो ।
नेपालमा क्रिस्चियन धर्मलाई रणनीतिक हतियारका रुपमा प्रयाग गरिएको दाबी गर्नेहरु धेरै छन् । स्थानीय धर्म मासेर क्रिस्चियन बनाउनेरुले गरिबीले जर्जर भएका जिल्लामा पनि ठूलो सफलता पाएका छन् । जस्तो कि रोल्पा, रुकुम, सल्यान जस्ता गरिब जिल्लाहरुमा पनि चर्चको संख्या उल्लेख्य वृद्धि भएको चर्चनेटवर्क डट कममा उल्लेख छ । रोल्पामा ८, रुकुममा १९ र सल्यानमा ४९ चर्चहरु छन् ।

दलित समुदायको बाक्लो बस्ती भएको ठाउँमा गएर हिन्दु धर्ममा जातभात हुन्छ, क्रिस्चियनमा सबै जात एउटै हो भन्ने गरिन्छ । महामारीले थलिएको गाउँमा धर्मप्रचारकहरु चिकित्सक लिएर पुग्छन् । औषधि खुवाएर बिरामी बिसेक बनाउँछन्, तर प्रभु यशूले बिसेक पार्नु भएको भन्ने भ्रम छरिदिन्छन् ।

नेपालमा क्रिस्चियन धर्म बिस्तारका लागि ठूलो धनराशी खर्च भइरहेको अनुमान छ । तर यसको आधिकारिक लगत पाइन्न । धर्म विस्तारका लागि लगानी गर्नेहरुमा चाहिँ युरोपेली, अमेरिकी संस्थाहरु छन् ।नेपाल आजवाट सभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका