Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दूतावासको नाम लिएर धम्काउँदा अमरेश आफ्नै क्षेत्रमा कुटिए ! – Gaule Khabar

दूतावासको नाम लिएर धम्काउँदा अमरेश आफ्नै क्षेत्रमा कुटिए !

दूतावासको नाम लिएर धम्काउँदा अमरेश आफ्नै क्षेत्रमा कुटिए !

सर्लाहि,फागुन १-

नेपाली काँग्रेसका नेता एवं सांसद डा.अमरेशकुमार सिह आफ्नै क्षेत्रमा कार्यकर्ताबाट कुटाइ खाएका छन् ।

हिजो विद्यालय व्यवस्थापन समिति चयन गर्नका लागि जनता उच्च मा.वि. डुमरियामा भएको अभिभावक भेलामा उनले आफ्नो मान्छे अध्यक्ष बस्नुपर्ने दवाव दिएका थिए ।

भारतीय दूतावासबाट ब्लक दिलाई दिएको, विभिन्न समाग्री दिलाई दिएकाले आफ्नो मान्छे व्यवस्थापन समितिको अध्यक्ष बन्नुपर्ने दवाव दिएपछि बैठकमा सहभागी अभिभावकले अस्वीकार गरेका थिए ।

विद्यालयका अभिभावक शुभनारायण साहले भने, ‘डा.रमेश कुमार सिहलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउनुपर्छ भन्दै काठमाडौबाट सिहसँगै सर्लाही आएका थिए । जब कि अमरेश सो विद्यालयका अभिभावक पनि होइन । विद्यालयले उनलाई आमन्त्रण पनि गरेको थिएन ।’

साहका अनुसार तैपनि जबर्जस्ती आफ्नो मान्छे अध्यक्ष हुनुपर्छ भन्दै कडा सुरक्षाकाबीच उनी विद्यालय पुगेका थिए । अभिभावक रामपुकार पासवानका अनुसार बैठकमा उनले पटक–पटक भारतीय दूतावासको धाक लगाएका थिए । ‘स्कूललाई मात्र होइन, यो जिल्लालाई नै यो दिलाई दिएको छु, त्यो दिलार्ई दिएको छु भनेर धाक लगाएपछि बैठक भड्किएको थियो ।’ उनले भने ।

सो क्षेत्रका पूर्वसभासद् शिवपुजनका राय यादवका अनुसार बैठकमा सहभागि अभिभावक भड्किएपछि अमरेशको सुरक्षामा खटिएका प्रहरीले अभिभावकहरुलाई दुरव्यवहार गरेपछि सोही झडपमा अमरेशकुमार सिह कुटिएका थिए ।ठूलो भिड अमरेशलाई लखेट्न थालेपछि उनी चेथरु पासवानको ट्वाइलेटमा गएर लुकेका थिए । त्यहाँ प्रहरी गएपछि मात्र उनी बाहिर निस्किएको एक प्रत्यक्षदर्शीले बताए ।

‘बहुमत अभिभावकले पुरानै अध्यक्षलाई दोहोर्याउनुपर्ने पक्षमा थिए’, जयकिसुन भण्डारीले भने, ‘तर अमरेशजीले आफ्नो मान्छे बनाउन चाहेका थिए ।’ यसअघि शिवपुजन राय यादव अध्यक्ष थिए ।

अमरेश सिह सर्लाही क्षेत्र ६ नम्बरबाट चुनाव जितेका हुन् भने शिवपुजन राय हारेका हुन् । स्रोत भन्छन्, अमरेश सिहलाई कुटपिट गर्ने शिवपुजनकै कार्यकर्ता थिए । यो विषयमा जान्नका लागि अमरेश सिहलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

तर उनकै पक्षका पप्पु सिहले भने, ‘हाम्रो नेताजी (अमरेश सिहं) लाई कुटाइ त के कोही जीउमा छोएको पनि छैन, बरु प्रहरी प्रशासनबाट शिवपुजनका कार्यकर्ताले कुटाइएको खाएको छ ।’ शिवपुजन रायका कार्यकर्ताले जवर्जस्ती हुलदंगा गरेर कुर्सी फाला फाला गरेको दावी उनको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका