चितवन, माघ २९–
चितवनमा आज भएको छुट्टा–छुट्टै दुर्घटनामा परि सात जना घाईते भएका छन् ।
जिल्लाको माडी नगरपालिका–१० जनताचोक स्थितमा भरतपुरबाट बगही माडी तर्फ जांदै गरेको ना ५ ख ७१५३ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ना ४ त २०७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा छ जना घाईते भएका छन् । अन्दाजी २५ जना सवार बसमा ६ जनालाई उपचारका लागि भरतपुर ल्याईएको हो । दुबै सवारी साधन र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ । सो दुर्घटनामा परि बसका चालक(नारायणी नगरपालिका–३ बस्ने वर्ष ४७ का बेचन महतो, भरतपुर उपमहानगरपालिका– १० बस्ने ५५ वर्षका प्रेमकुमार श्रेष्ठ, धादिङ माहादेव स्थान–४ बस्ने वर्ष ३६ का विष्णु बहादुर मगर, माडी नगरपालिका–११ अयोध्यापुरी बस्ने वर्ष ३१ का सन्तबहादुर मगर अबस्था, भरतपुर उपमहानगरपालिका– १० बस्ने वर्ष ६० की हिराकुमारी श्रेष्ठ र माडी नगरपालिका–१० बस्ने वर्ष ४२ का राजु पोखरेल रहेका छन् । घाईते महतो, मगर र पोखरेल भने उपचार पछि डिस्चार्ज भई सकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै आजै राप्ती नगरपालिका–२ पिप्ले स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा २ ख ८४०२ नम्बरको ट्रिपरको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । ठक्करबाट स्थानीय १३ वर्षकी रेशमी त्रिपाठी गम्भिर घाईते भएको चितवन प्रहरीले जनाएको छ । उनको भरतपुरस्थित एलाईभ हस्पिटलमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रिपर र ट्रिपर चालक ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।