चितवन, माघ २९–
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार महासंघ चितवनले नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ । क्रान्तिकारी पत्रकारहरु महासंघ पुगी आज तालाबन्दी गरेका हुन् ।
महासंघ चितवनका अध्यक्ष सूर्य बरालले आफूहरुको माग बारे पत्रकार महासंघलाई जानकारी गराई सक्दा पनि माग सुनुवाई नभएकाले बाध्यभएर तालाबन्दी गर्नु परेको बताउनुभयो । उहाँले नयाँ सदस्यता थप्दा क्रियाशिलता ध्यान नदिई आ–आफ्नो मान्छेलाई दिएको र गैर पत्रकारहरुलाई सदस्यता दिईएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेको बताउनुभयो । उहाँले आफूले महासंघमा टाँगेको कालो व्यानर रातीको समयामा च्यातेको र मागप्रति बेवास्ता गरिएकोले फागुन ५ गतेसम्मका लागि तालाबन्दी गरिएको जानकारी दिनुभयो । यस अवधिमा पनि आफूहरुको माग पुरा नभए थप अनिश्तिकालिन तालाबन्दी गरिने जानकारी दिनुभयो ।