Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एक्सपर्ट स्कूल क्रिकेटः सनराईज र बालकुमारी विजयी – Gaule Khabar

एक्सपर्ट स्कूल क्रिकेटः सनराईज र बालकुमारी विजयी

एक्सपर्ट स्कूल क्रिकेटः सनराईज र बालकुमारी विजयी

चितवन, माघ २९–

एक्सपर्ट स्कूल क्रिकेट लिग अन्तरगत आज भएको खेलमा भरतपुरको सनराइज इङग्लिस स्कूल र बालकुमारी इंग्लिस स्कूल विजयी भएका छन् । आजको पहिलो खेलमा सनराइजले हिमालय मा.वि चम्पानगरलाई ६ विकेटले हरायो ।

विशाल चोकको नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ५९ रन बनाएको थियो । हिमालयलाई कम रनमा रोक्नेक्रममा सनराइजका प्रवेश कार्कीले ४ तथा दुर्गेश शाह र अनिस लम्सालले समान २ विकेट झारे । हिमालयका लागि धनराजले १७ रन बनाएका थिए । बाकीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

६० रनको झिनो लक्ष्य पछ्याएको सनराइजले ११ दशमलव १ ओभर ४ विकेटको क्षतिमै लक्ष्य पुरा गर्यो । सनराइजको जितमा आशिष वंशीले अविजित १७ र सुजन चापागाइले रनको १३ योगदान गरे । बलिङतर्फ हिमालयका संदिप ढकालले २ विकेट हात पारे । उत्कृष्ट बलिङ गरी ४ विकेट लिएका प्रवेश कार्कीले प्लेयर अफ द म्याचको अवार्ड प्राप्त गरे ।

त्यस्तै आज नै भएको अर्को खेलमा बालकुमारी इंग्लिस स्कूलले भरतपुरकै डन एकेडेमीमाथि १ विकेटको रोमाञ्चक जित हात पार्याे । टस जितेर ब्याटिङ रोजेको भरतपुरको डन एकेडेमी १८ ओभरमा अलआउट हुँदै ८८ रनमात्र बनाउन सक्यो । धर्माराएको डनको पारीमा संदीप गुप्ताले ३ र शिरिष मास्केले २ विकेट लिएका थिए ।

८९ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको बालकुमारीले निर्धारित २० ओभरमा २ बल बाकी छदा लक्ष्य पुरा गर्यो । बालकुमारीलाइ जिताउन संदीप गुप्ताले २६ रन बनाएका थिए । बलिङतर्फ डनका सुशान्त फुयाल, प्रतिक पौडेल र सयुज विष्टले दुई दुई विकेट लिए ।
अलराउण्ड खेलेका संदीप गुप्ताले खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् । खेल हेर्न आएका दर्शकमध्येका निशान थापा गोलामार्फत एक्सपर्ट फ्यान अफ द डे चुनिएका थिए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले रु २ हजार प्रदान गर्‍योे । । हिमालयन क्रिकेट एकेडेमी, काठमान्डौको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस मुख्य प्रायोजनमा भएको प्रतियोगिता फागुन ८ गतेसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका