Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रेमिल कविताले गुन्जियो नारायणगढ – Gaule Khabar

प्रेमिल कविताले गुन्जियो नारायणगढ

प्रेमिल कविताले गुन्जियो नारायणगढ

चितवन, माघ २९–
सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ नारायणगढ र लियो क्लव अफ नारायणगढले नजिकिदै गरेको प्रेम दिवसको अवसरमा ‘कवितामा प्रेम’ कार्यक्रम गरेको छ ।
शनिबार लायन्स भवन नारायणगढमा भएको कार्यक्रममा चितवनका युवादेखि वरिष्ठ साहित्यकारहरु प्रेममय कवितामा गुन्जिए । साहित्य क्षेत्रमा देशकै अग्रणी जिल्लाको रुपमा चिनिएको चितवनको साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुष्मा रायमाझीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार प्रेम विनोद नन्दनले प्रेमिल कविता वाचन गरेका थिए ।


कार्यक्रममा साहित्यकारहरु प्रभाकर पण्डित, किसान प्रेमी, इश्वर कँडेल, भुपिन, बालकृष्ण थपलिया, विमर्श कँडेल, मिनराज वसन्त, विनोद अनुज, लेखराम सापकोटा, सृजना शिलवाल, सविना अधिकारी, कृष्णप्रसाद अर्याल, धर्म सापकोटा, सुजन पोखरेल, सरोज पाठकलगायतको प्रेमिल कविताले कार्यक्रम नै रोमान्टिक बनेको थियो ।


कार्यक्रममा लायन्स क्लव अफ नारायणगढका अध्यक्ष उमेश पिया, लियो एडभाईजर सनद पियाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने लियो क्लव अफ नारायणगढका प्रथम उपाध्यक्ष राजु चौधरी ‘बी’ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लियो क्लव अफ नारायणगढका सचिव कपिल अधिकारीले संचालन गरेको कार्यक्रम क्लवका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका