Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका– मन्त्री थापा – Gaule Khabar

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका– मन्त्री थापा

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका– मन्त्री थापा

पोखरा, माघ २९ –

स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखरा इकाइ समितिद्वारा प्रकाशित ‘जय नेपाल’ स्मारिका तेस्रो अङ्कको आज विमोचन गर्दै उहाँले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलन हुँदै देशलाई नयाँ संविधान दिन नेतृत्व गरेको काँग्रेसले यसको कार्यान्वयनलाई पनि आफ्नो प्राथमिकतामा राख्दै अघि बढेको चर्चा गर्नु भयो ।
हिमाल, पहाड र तराईबीचको एकताले नै देशको राष्ट्रियता बलियो बन्ने बताउँदै उहाँले केन्द्रमा बसेर चर्का राष्ट्रियताका नारा लगाउनुभन्दा हिमाल, पहाड र तराईमा रहने नेपाली जनताको भावना र मर्मलाई बुझ्नु आवश्यक भएको विचार व्यक्त गर्नु भयो ।

नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले विद्यार्थीका सिर्जनात्मक भावनालाई समेट्नका लागि प्रकाशित स्मारिका बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले बोल्नुभएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका