Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गजल : पिइ हाल्छु रात परे पछि – Gaule Khabar

गजल : पिइ हाल्छु रात परे पछि

गजल : पिइ हाल्छु रात परे पछि

सिर्जना खड्का-

पिउदिन भन्यो पिइ हाल्छु रात परे पछि
चोखो पिरतिको बदलामा घात परे पछि

छुदैन अचेल कुनै मदिराको चुस्कीले मलाई
मदिराको भन्दा बढी प्रीतिको मात परे पछि

हात समाएर तर्ने मन थियो भेल जिन्दगीको
वारि नै रह्यो जिन्दगी बहुरुपी लात परे पछि

बिर्सु बिर्सु भनेको भैसक्यो होला एक जुनि नै
बिर्सनै गार्हो भयो याद हरुको खात परे पछि

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका