Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने – Gaule Khabar

लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने

लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने

तिलोत्तमा (रुपन्देही), माघ २० –

लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ ।

अस्पतालले स्वास्थ्य मन्त्रालयबाट फार्मेसी सञ्चालनका लागि रु १५ लाख बीउ पुँजी पाए पछि फार्मेसी सञ्चालनको तयारी थालिएको हो । अस्पताल प्रमुख डा विकास देवकोटाले भन्नुभयो – “मन्त्रालयबाट बजेट पनि पाइसकेका छौँ । फार्मेसी सञ्चालन गर्ने अन्तिम तयारीमा छौँ ।” अस्पतालमा फार्मेसी सञ्चालन भएपछि बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् ।

कात्तिक महिनामा अस्पतालको आइसियु ९सघन उपचार कक्ष०उद्घाटन गर्न बुटवलमा आउनुभएका स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालभित्र फार्मेसी तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । उहाँले बजेट अभाव हुन नदिने तर अस्पताल परिसरबाट बिरामीले सहज रुपमा औषधि खरिद गर्न पाउने व्यवस्था गर्न भन्नुभएको थियो ।

अस्पतालमा दैनिक ८०० देखि एक हजारसम्म बिरामी आउने गरेका छन् । बिरामीको सङ्ख्या बढेर निकै लामो लाम लाग्नुपर्ने भएपछि अस्पतालले हालै टोकन प्रणाली लागू गरेको छ ।

स्वास्थ्य मन्त्रालयबाट बिहान १० देखि ५ बजेसम्म सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन आएको र यसै अनुसार तयारी भइरहेको बताइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका