WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bzb//4uAvAraWp0NESU7qL1RKef6YQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 20:54:37', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २६-
चितवनमा भुकम्प पिडितको अन्तिम चरणको तथ्याङ्क संकलनको काम करिव ५० प्रतिशत सकिएको छ ।यस अघिको तथ्याङ्क अनुसार चितवनमा १८ हजार ७ सय ५२ घर परिवार भुकम्प पिडित रहेका थिए । गाविस सचिवले लिएको सो तथ्याङ्कका आधारमा तथ्याङ्क कार्यालय चितवनले अन्तिम चरणको विवरण संकलन गरेको हो ।
विवरण संकलनका लागी माघ १ गतेदखी एक÷एक जना इन्जिनियर र समाजिक परिचालक सहित ५२ टोली परिचालन गरिएको छ ।चितवनको दारेचोक,काउले,चन्डिभन्ज्याङ्घ,कविलास,लोथर र दाहाखानी लगाएतका गाविस र रत्ननगर ,माडी लगाएतका नगरपालीकामा तथ्याङ्क लिने काम भैरहेको तथ्याङ्क कार्यालय भरतपुरका प्रमुख जिवनाथ आचार्यले जानाकारी दिनुभयो । तथ्याङ्क संकलन पछि मात्र राहात वितरणको काम हुने भएकाले तिव्र गतिमा काम भैरहेको आचार्यले वताउनु भयो ।उहांले चैत्र २१ गतेभित्र सवै काम सकिने नारायणी अनलाइनलाई जानाकारी दिनुभयो ।