WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSUzbxqth4wJv4q1mgC96dHut8k0wD.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 01:56:23', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
फेसबुक, एप्पल, गुगलसहित १२७ प्रविधि कम्पनी ट्रम्पको विरोधमा ! – Gaule Khabar

फेसबुक, एप्पल, गुगलसहित १२७ प्रविधि कम्पनी ट्रम्पको विरोधमा !

फेसबुक, एप्पल, गुगलसहित १२७ प्रविधि कम्पनी ट्रम्पको विरोधमा !

काठमान्डौं, माघ २६-

अमेरिकाका माइक्रोसफ्ट, एप्पल, फेसबुक, र गुगलसहित १२७ प्रविधि सम्बन्धी कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  हालै घोषणा गरेको यात्रा प्रतिबन्धको निर्णयको विरोधमा उभिएका छन् ।

उनीहरुले ट्रम्पको निर्णयले आफ्नो व्यापारमा नोक्सान पुगेको भन्दै एक याचिकामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।सो कानुनी डकुमेन्टमा सुरुमा ९७ फर्महरुले हस्ताक्षर गरि बुझाएका थिए । पछि थप ३० फर्महरु पनि समावेस भएको बताइएको छ । सो याचिकामा ट्रम्पले सात मुस्लिम देशका नागरिकलाई तथा विश्वभरीबाट शरणार्थीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने  काम  गैरसंवैधानिक भएको पनि दाबी गरिएको बताइएको छ ।सो याचिका सान फ्रान्सिस्कोको एक अदालतमा दायर गरेको बताइएको छ ।

सो याचिकामा सात मुस्लिम बहुल देश नागरिकमाथिको प्रतिवन्धले आफ्ना कम्पनीमा काम गर्ने प्रतिभा खोज्न समस्या पर्ने बताइएको छ ।  ट्रम्पको सो आदेश अमेरिकाको सियाटलका एक न्यायाधिसको आदेशपछि निलम्बित अवस्थामा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका