अफगानिस्तान, माघ २५ –
अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एक जना जिल्ला गभर्नरको मृत्यु भएको छ ।
खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिवानी लडाकुहरुले जिम्मेबारी लिएका छन् । तालिवानी लडाकुहरुको आक्रमणमा परी गत वर्ष सन् २०१५ मा मात्रै देशभरी ६५० जनाको मृत्यु भएको थियो भने ५६० जना घाइते भएका थिए । -रासस ÷सिन्ह्वा