Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बागलुङमा ‘फुटसल’ सुरु – Gaule Khabar

बागलुङमा ‘फुटसल’ सुरु

बागलुङमा ‘फुटसल’ सुरु

बागलुङ,माघ २५ –

फुटबलको सानो रुप ‘फुटसल’ खेल बागलुङमा पनि सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति र पत्रकार महासङ्घ बागलुङ शाखाबीच सोमबार मैत्रीपूर्ण खेल आयोजना गरी फुटसलको सुरुवात गरिएको हो ।

कोठाभित्र ९इनडोर० खेलिने फुटसल रसआवर फुटसल प्रालिले बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालनमा ल्याएको हो । फुटसल मैदान बनाउन रु एक करोड २० लाख लगानी भएको प्रालिका राजु केसीले बताउनुभयो ।

“धवलागिरि अञ्चलमै पहिलोपटक बागलुङमा फुटसल खेल सुरु भएको छ”, केसीले भन्नुभयो – “फुटसलले खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्ने हाम्रो विश्वास छ ।” केसीसहित चार युवा मिलेर फुटसलमा लगानी गरेका हुन् ।

खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन, खेल पर्यटनका लागि पनि फुटसल प्रभावकारी हुने भएकाले यो खेलसुंगै रेष्टुराँ र स्नुकर हाउस पनि खोल्ने तयारी रहेको केसीले जानकारी दिनुभयो । फुटसल दैनिक बिहान ५ देखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ । केसी, सज्जन आचार्य, राजेश श्रेष्ठ र प्रदीप शर्माले मासिक ३३ हजार भाडा दिने गरी दुई रोपनी जग्गा खरिद गरेर फुटसल मैदान निर्माण गरेका हुन् ।

फुटसल खेल्ने समूहले बिहान र बेलुकाको समयमा प्रतिघन्टा रु एक हजार ५०० तिनुपर्ने तर दिउँसोको समयमा भने प्रतिघन्टा रु एक हजार ३०० तिनुपर्ने व्यवस्था छ ।

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल सहरी युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । यो खेलको सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका