WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0V.AYHM4Y16Djbky7E2AvXBpzONj61', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 15:24:49', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २५ –
स्थानीय तहको निर्वाचनमा प्रयोग गर्ने तयारी गरिएको विद्युतीय मेसिनबाट मतदानको पूर्व अभ्यास मंगलबार गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपालसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ३१ दलका प्रतिनिधिले निर्वाचन आयोग पुगेर नमुना मतदान गरेका हुन्। यसको सुरुवात प्रधानमन्त्री प्रचण्डले गरे। त्यसपछि एमाले वरिष्ठ नेता नेपालसहित संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचन आयोगले दलहरुलाई बोलाएर नमुना मतदान गराएको हो।
संविधानसभाको निर्वाचन र उप-निर्वाचनमा केही क्षेत्रमा विद्युतीय मेसिनको प्रयोग गरिए पनि स्थानीय तहको निर्वाचनमा आजसम्म विद्युतीय मेसिन प्रयोग भएको छैन।