Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बेलाएती संसदमा ट्रम्पलाइ भाषण गर्नबाट रोक लगाइने – Gaule Khabar

बेलाएती संसदमा ट्रम्पलाइ भाषण गर्नबाट रोक लगाइने

बेलाएती संसदमा ट्रम्पलाइ भाषण गर्नबाट रोक लगाइने

बेलाएती, माघ २५ –

हाउस अफ कमन्सका सभामुख जो बेर्कोले बेलायत भ्रमणमा आउन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यहाँको संसदमा बोल्नबाट वञ्चित गर्नुपर्ने धारणा राखेका छन् ।

संसदहरुलाई सम्वोधन गर्दै उनले जातिवाद र लिंगवादको विरोध गर्नु अत्यन्त विचारणीय रहेको बताए ।बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग गत महिना वाशिङटनमा भएको भेटपछि ट्रम्पको राजकीय बेलायत भ्रमण निश्चित भएको थियो ।यो भ्रमण रद्द गर्ने माग गर्दै र भ्रमणलाई समर्थन गर्दै दिइएका दुई ज्ञापनपत्रमाथि यस महिनाको अन्त्यमा संसदहरुले बहस गर्नेछन् ।लेवर र स्कटिस नेसनल पार्टी (एसएनपी)ले सभामुखको भनाइको प्रशंसा गरेका छन् तर आलोचकहरुले भने उनी तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् । हाउस अफ कमन्समा प्वाइन्ट अफ अर्डरमाथि जवाफ दिने क्रममा बेर्कोले ट्रम्पलाई संसदमा बोल्न दिनु नहुने पक्षमा आफूलाई उभ्याएका थिए ।

संसदहरुलाई उनले भने, ‘लर्ड्स र कमन्समा सम्वोधन गर्ने अवसर अतिथिले स्वतः पाउने अधिकार नभएर हामीले दिएको सम्मान हो । आप्रवासन प्रतिवन्ध अगाडि म ट्रम्पलाई वेस्टमिनिस्टर हलमा सम्वोधन गर्न दिने कुराको सख्त विरोधमा हुन्थेँ । आप्रवासन प्रतिवन्धपछि म झन् सख्त विरोधमा छु ।’ट्रम्पको राजकीय भ्रमण रद्द हुनुपर्ने माग राख्दै आएका लेवर पार्टीका नेता जेरेमी कोर्बिनले बोर्केको अभिव्यक्तिलाई स्वागत गरेका छन् ।लिबरल डेमोक्रेटिक नेता टिम फारोनले पनि ट्रम्पलाई स्वागत नगरिने बताए ।तर, यूकेआईपीका नेता निगेल फारागले बेर्कोले आफ्नो पदको दुरुपयोग गरेको भन्दै यसबाट एउटा सम्मानित संस्थाको मानमर्दन भएको आरोप लगाए ।

ट्रम्पले गर्ने भनिएको बेलायत भ्रमणको तिथि टुंगो लागिसकेको छैन भने उनलाई संसदमा बोल्न दिनेबारे कुनै प्रस्ताव सरकारले छलफलमा ल्याएको छैन ।सात मुस्लिम राष्ट्रहरुका नागरिकमाथि लगाएको यात्रा प्रतिवन्धको आलोचना गरेकी प्रधानमन्त्री थेरेसा मेले ट्रम्पलाई भ्रमणको निम्तो दिने आफ्नो कदमको प्रतिरक्षा गरेकी छिन् । डाउनिङ स्टि्रटले भनेको छ, ‘हामी यो वर्षको उत्तरार्द्धमा अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न आतुर छौं । भ्रमणको तिथि र कार्यक्रमबारे दुवै पक्षबीच छलफल जारी रहनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका