WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu9i9y8dJiS.xNh5g5H.JTvwir7jpu1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 12:56:24', '', 'admlnlx', 'admlnlx')
धादिङ, माघ २५–
गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ ।
बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी जाँच गर्दा ११ मुहानको पानीमा कोलीफर्म भेटिएको हो । कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्यचौकीको अगुवाइमा खानेपानी परीक्षण गरेको हो ।
यहाँका मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने र महामारी फैलिने खतरा रहेको देखिएको कोसोकका कार्यक्रम संयोजक शान्ति तामाङले बताउनुभयो ।
गाउँभरिको पानीमा यस्तो देखिएकाले यसको लागि मुहान सफाइ तथा पानीलाई निर्मलीकरण गरेर खान भनिएको पनि तामाङको भनाइ छ । पानीमा कोलीफर्म भेटिनुको कारण मुहान संरक्षणमा कमी भएकाले मुहान सुरक्षा गरी सरसफाइमा ध्यान दिनुपर्ने बताइएको छ । –रासस