काठमाडौँ, माघ २३–
ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात छैन ।
प्रारम्भिक अनुसन्धानबाट बङ्गलादेशबाट भारत हुँदै नेपाल आएका उनीहरुले नेपालमा सिलाइकटाइको काम गर्दै आएका थिए ।
प्रनाउ राठौरले भन्नुभयो, “उनीहरुको अन्तिम लक्ष्य नेपालको नागरिकता र राहदानी बनाएर विदेशमा रोजगारीका लागि जाने देखिन्छ । पक्राउ परेकामा १९ वर्षदेखि ३४ वर्षसम्मको उमेरका रहेका छन् ।