Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धनकुटामा बहुला कुकुरले टोक्दा ४५ जना घाइते – Gaule Khabar

धनकुटामा बहुला कुकुरले टोक्दा ४५ जना घाइते

धनकुटामा  बहुला कुकुरले टोक्दा ४५ जना घाइते

धनकुटा, माघ २२ –

धनकुटामा केही दिनयता बहुला कुकुरको टोकाइबाट ४५ जना घाइते भएका छन् । जिल्ला अस्पताल धनकुटाको रेकर्ड अनुसार धनकुटा नगरपालिकाको वडा नं। १३ र १४ का बासिन्दालाई बौलाह कुकुरले टोकेपछि रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ ।

शुक्रबार मात्रै १६ जनालाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको छ। बौलाह कुकुरले टोकेको भन्दै अस्पतालमा आएका ती बिरामीलाई भ्याक्सिन लगाएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा। मदनकुमार उपाध्यायले बताउनुभयो ।

गाउँमा बौलाह कुकुरले तोकेर आतंकित बनाएपछि कुकुर मार्नको लागि अनुरोध गर्दै स्थानीय बासिन्दा धनकुटा नगरपालिका आएका थिए । गाउँलेको उजुरीको कारण बहुला कुकुर प्रभावित क्षेत्रमा कुकुर मार्नको लागि आवश्यक सामाग्रीसहित कर्मचारी पठाइएको धनकुटा नगरपालिका कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका