Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
काठमाडौंका सडक हरियाली बनाउन टेलिकमले दियो ४० लाख – Gaule Khabar

काठमाडौंका सडक हरियाली बनाउन टेलिकमले दियो ४० लाख

काठमाडौंका सडक हरियाली बनाउन टेलिकमले दियो ४० लाख

काठमाडौं,माघ २२ –

नेपाल टेलिकमले काठमाडौंका सडकहरु हरियाली बनाउन काठमाडौं महानगरपालिकालाई ४० लाख रुपैयाँ दिएको छ। उपत्यकाका बिभिन्न सडक छेउछाउमा बोटविरुपवा रोपेर हरियाली बनाउनका लागि टेलिकमले सो रकम दिएको छ। टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हरियाली सडक अभियान अन्तर्गत महानगरपालिकालाई रकम दिएको जानकारी दिइन्। सो रकम सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई हस्तान्तरण गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका