युएई, माघ २१-
नेकपा एमालेका सचिव प्रदीप ज्ञवलीले सरकार चुनावमा जान इच्छुक नरहेको आरोप लगाएका छन् ।
नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च युएईको परिषद् भेलामा सहभागी हुन युएई भ्रमणमा रहेका नेता ज्ञवालीले आबुधावीमा परिषद भेला उद्घाटन गर्दै सरकारले स्थानीय निकायको चुनाव गराउन आलटाल गरेको आरोप लगाएका हुन् ।
सरकारले सबै दलरुबीच सहमति गराएर निर्वाचन गराउँछु भन्नु निर्वाचन हुन नदिने षडयन्त्र भएको उनले बताए । मधेसी दलहरूलाई बाहिर राखेर भएपनि निर्वाचन अहिलेको आवश्यकता भएको उनले बताए ।
नेता ज्ञवालीले फरक प्रसंगमा बोल्दै मधेसमा एमाले सबैभन्दा बलियो पार्टी हुने दाबी समेत गरे । मेची–महाकाली र मधेस अभियानका क्रममा देश एमालेमय भएको भन्दै आगामी चुनावमा एमाले देशको पहिलो शक्ति हुने दावी गरे ।
संबिधान सशोधन राष्ट्रघाती भएको भन्दै कुनैपनि हालतमा सबिधान संशोधन नहुने बताए ।