Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कार्यकर्ता छुटाउन भन्दै रत्नपार्कमा विप्लवको प्रदर्शन – Gaule Khabar

कार्यकर्ता छुटाउन भन्दै रत्नपार्कमा विप्लवको प्रदर्शन

कार्यकर्ता छुटाउन भन्दै रत्नपार्कमा विप्लवको प्रदर्शन

काठमाडौं, माघ २१ –

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरु छुटाउन माग गर्दै शुक्रबार अपरान्ह रत्नपार्कमा प्रदर्शन गरेका छन् ।

महाधिवेशनको प्रचारप्रसारमा रहेका आफ्ना कार्यकर्तालाई चन्दा उठाएको भनी झुठा मुद्दा लगाएर कारबाही गर्न खोजिएको भन्दै उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । माओवादीका दर्जनौं कार्यकर्ताहरु विहीबार काठमाडौंबाट पक्राउ गरेका छन् । पक्राउ परेका विप्लवका कार्यकर्तालाई प्रहरी कार्यालय टेकुमा राखिएको छ ।

विप्लव माओवादीका नेता माइला लामाको नेतृत्वमा निस्किएको जुलुसले रत्नपार्क शान्तबाटिकामा पुगि कोणासभा गरेको छ ।कोणसभामा बोल्दै लामाले महाधिवेशनको प्रचारप्रसारमा रहेका आफ्ना कलाकारहरुलाई चन्दा उठाएको भनी झुठो मुद्दा लगाउने काम गरेको दाबी गरे । पक्राउ परेका कार्यकर्ता तत्काल रिहा नगरे आन्दोलन चर्काउने पनि उनले चेतावनी दिए ।लामाले महंगी, भ्रष्टाचार र कालोबजारीविरुद्धको आफूहरुको आन्दोलन पनि जारी रहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका