Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कांग्रेस र माओवादी केन्द्र चुनाव नगराउने खेलमा लागे : कमल थापा – Gaule Khabar

कांग्रेस र माओवादी केन्द्र चुनाव नगराउने खेलमा लागे : कमल थापा

कांग्रेस र माओवादी केन्द्र चुनाव नगराउने खेलमा लागे : कमल थापा

धर्मेन्द्र दाहाल
हेटौँडा,माघ २१-

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारवादी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रनै चुनाव नगराउने खेलमा लागेको बताएका छन् । सरकारले निर्वाचन आयोगलाई निर्वाचनको लागि तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषयनै नसमेटिएको पत्रचारले केहि अर्थ नराख्ने स्पष्ठ पारे ।

मिडीया नेपाल मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले निर्वाचन आयोग भनेकै निर्वाचन गर्न सधै तयार रहने निकाय भएकले सरकारले निर्वाचनको तयारी गर्नु भन्दै पत्रचार गर्ने तर कुन निर्वाचन गर्ने भन्ने विषयमा जानकारी नदिने विषय हास्यस्पद भएको बताए  ।

उनले भने -सरकारले अझ अब्यवहारिक कुरा त निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न पत्रचार गर्ने अनि मन्त्रीको संयोजकत्वमा स्थानीय तह निर्धारण आयोगको प्रतिवेदनलाई पुनारवलोकन गर्न १५ दिनको समय तोक्नु आफैमा अनौठो कुरा हो, सरकारको यो कुराले निर्वाचन आयोगले के तयारी गर्ने ?

मधेशवादी दलहरुको समस्या समधान गर्न कांग्रेस र माओवादी केन्द्रनै नचाहेको बताउँदै उनले कांग्रेस र माओवादीको अब्यवहारिक चरित्रको कारण मुलुक संकट तर्फ अघि बढेको बताए ।  संविधानमानै ब्यवस्था गरिएको स्थानीय  तहको निर्वाचनको विषयलाई समेत सरकारले भन्न नसक्नु विडम्वना भएको बताउँदै पत्रचारको विषयले चुनाव नहुने संभावनालाई थप मजबुद बनाएको बताए ।

 प्रचण्ड नेतृत्वको सरकारले ६ महिनामा मधेसको समस्यालाई समधान गर्नु भन्दा पनि समधान गर्न पहल समेत गर्न नसकेको भन्दै थापाले आफुहरु पनि सरकारबाट फिर्ता हुन सक्ने बताए । कार्यक्रम मिडीया नेपाल, मकवानपुरका अध्यक्ष जिबराज बख्रेलको अध्यक्षतामा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका