चितवन ,माघ १९
पूर्वी चितवनको खैरहनीमा सुपर सिक्स च्याम्पियन क्रिकेट प्रतियोगिता सुरु भएको छ । वाईसियल नगर कमिटि खैरहनीको आयोजनामा बुधवार सुरु भएको प्रतियोगिताको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम जिल्ला इन्चार्ज इश्वरी भट्टराईले उद्घाटन गरे ।
सो अवसरमा वोल्दै पोलिटव्युरो सदस्य भट्टराईले प्रतिभा उत्पादन गर्न र क्रिकेटलाई लोकप्रिय वनाउन प्रतियोगिता महत्वपुर्ण हुने विश्वास व्यक्त गरे । प्रतियोगिताका संयोजक विवेक मानन्धरको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य इश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा न्युरोड टिम खैरहनी ८ पर्साले विजयी सुरुवात गरेको छ । पर्साले शक्तिशाली युवा क्लव खैरहनी १० कपियालाई २८ रनले पराजीत गरेको वाईसियल नगर संयोजक केशव भट्टरार्ईले जानकारी दिए । पर्साले शक्तिशाली युवा क्लवलाई ६९ रनको चुनौती पेश गरेको थियो ।