Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दृष्टिविहीन विश्वकप क्रिकटको दोस्रो खेलमा पनि नेपाल पराजित – Gaule Khabar

दृष्टिविहीन विश्वकप क्रिकटको दोस्रो खेलमा पनि नेपाल पराजित

दृष्टिविहीन विश्वकप क्रिकटको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं, माघ १९ –

दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल बुधबार बंगलादेशसँग ५९ रनले पराजित भएको हो । बंगलादेशले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सुनील सुवेदी क्षेत्रीले ५१ तथा सुनील थापा मगरले ३२ रन बनाए । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । उसका लागि मोसीन हुसेन जोयले ८८ तथा अब्दुल मलेकले ८३ रन बनाए ।
यसअघि नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो । नेपालले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका