Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन मेडिकल कलेजले यसरी मनायो वार्षिकोत्सव (फोटोसहित) – Gaule Khabar

चितवन मेडिकल कलेजले यसरी मनायो वार्षिकोत्सव (फोटोसहित)

चितवन मेडिकल कलेजले यसरी मनायो वार्षिकोत्सव (फोटोसहित)

चितवन, माघ १९–

चितवन मेडिकल कलेज दशौं वर्षमा प्रवेश गरेको छ । चितवनका युवा चिकित्सकहरु मिलेर चितवन मेडिकल कलेजको स्थापना गरेका थिए ।
कलेजले आज भरतपुरस्थित कैलाशनगरमा भव्यताको साथ नवौं वार्षिकोत्सव मनायो । वार्षिकोत्सव समारोहका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ भट्टले चितवनको चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले चिकितसा क्षेत्रमा धेरै लापरवाही भईरहेको बेला–बेला खबरहरु आउने गरेको भन्दै यस्तो घटना नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । साथै प्रजि भट्टले वर्षेनी एमबीबीएस सकाएर निश्किने विद्यार्थीहरु कहाँ के गरिरहेको बारे रेकर्ड हुन जरुरी रहेको बताउनुभयो ।


चितवन मेडिकल कलेजका बारे जानकारी दिँदै अस्पताल निर्देशक डा.दयाराम लम्सालले चितवनलाई मेडिकल सिटीको रुपमा चिनाउन चितवन मेडिकल कलेजको महत्वपूर्ण योगदान ररेको बताउनुभयो । उहाँले बिरामीहरुलाई सहज उपचारका लागि मेडिकलले विभिन्न उपकरणहरु भित्र्याई रहेको जस्तोसकुै गम्भिर प्रकृतिका बिरामीको उपचार पनि यही गराउने प्रयास थालिएको बताउनुभयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, दि फेमश महेन्द्रदल गण भरतपुरका प्रमुख सेनानी सुरेन्द्रप्रसाद सापकोटा, शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक श्याम कोइराला, चितवन उद्योग संघका प्रथम उपाध्यक्ष त्रिलोचन कँडेललगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तर्फका विजयी खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । साथै सोही कलेजका विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रम कलेजका प्रिन्सिपल बिदुरप्रसाद ओस्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका