डोटी, माघ १९ –
डोटीको जोरायल क्षेत्रमा वन फडानीमा संलग्न भएको आरोपमा जिल्ला वन कार्यालय डोटीका दुईजना कर्मचारी निलम्बनमा परेका छन् ।
जिल्ला वन कार्यालय डोटीका वन अधिकृत बद्रिकुमार कार्कीले इलाका वन कार्यालय जोरायलमा कार्यरत वनरक्षक नरबहादुर शाहुलाई निलम्बन गरिएको तथा ईलाका वन प्रमुख सचितानन्द सिंहलाई निलम्बनका लागि सिफारिस गरिएको बताउनुभयो ।
जोरायलको लक्ष्मीनगर–८
का मालिका, सिद्धबाबा, मसानी सामुदायिक वनमा कर्मचारी, ठेकेदार र उपभोक्ताको मिलेमतोमा सल्लाका ११ हजार क्युफिट काठ अवैध रुपमा काटिएको छ ।