WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLwogfSUt7ssea7vFOWmJd0gaHeSUm/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-27 15:38:04', '', 'admlnlx', 'admlnlx')
भारत, माघ १८ –
शाहरुख खान अभिनित चलचित्र ‘रईस’ ले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । चलचित्रले पाँच दिनमा ९३.२४ करोड संकलन गरिसकेको छ । बक्सअफिसमा चलचित्रले ऋतिक रोशन अभिनित चलचित्र ‘काबिल’ बाट निरन्तर चुनौती पाइरहेको वेबदुनियाले लेखेको छ । यही क्रममा चलचित्र ‘रईस’ ले बक्सअफिसमा नयाँ चार रेकर्ड समेत बनाएको छ ।
१. जनवरीमा ‘रईस’ले सर्वाधिक विकेन्ड कलेक्सन गरेको छ ।
२. गणतन्त्र दिवसमा ‘रईस’को कलेक्सन अन्य चलचित्रको तुलनामा सबैभन्दा बढी हो ।
३. दुई वा दुईभन्दा बढी ठूला चलचित्र एकैपटक रिलिज हुँदा प्रतिदिन अत्यधिक कमाइ ।
४. दुई वा दुईभन्दा बढी ठूला चलचित्र एकैपटक रिलिज हुँदा सर्वाधिक विकेन्ड कलेक्सन ।
चलचित्रले अहिले राम्रो प्रदर्शन गर्दै ऋतिकको चलचित्र ‘काबिल’ लाई पछि पारिरहेको छ ।