Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिश्व ब्यापी खुल्ला गजल प्रतियोगिता हुने – Gaule Khabar

बिश्व ब्यापी खुल्ला गजल प्रतियोगिता हुने

बिश्व ब्यापी खुल्ला गजल प्रतियोगिता हुने

वाईवि गुरुङ,

लिस्बन , माघ १७ –

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको १३ औं साधरण सभा तथा ७ औं मासिक रचना वाचन कार्यक्रम राजधानी लिस्बनमा सम्पन्न भएको छ ।

लिस्बन स्थित गैह्र-आवासिय नेपाली संघको कार्यालयमा सम्पन्न उक्त साधारण सभा तथा मासिक रचना वाचन कार्यक्रमका प्रमुख अतिथि  एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल, बिशेष अतिथि एनआरएनए पोर्चुगलका उपाध्यक्ष शम्भु गौतम तथा अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगम त्रयले  समाजको ब्यानर खोलेर उद्घाटन गरेका थिए ।

कार्यक्रमको पहिलो सत्र अन्तर्गत समाजका उपाध्यक्ष वाईवि गुरुङले स्वागत मन्तब्य राखेका थिए भने महासचिव अनुराग कंडेलद्वारा प्रगति प्रतिबेदन र कोषाध्यक्ष रिया शर्माको तर्फ़बाट सदस्य श्याम सुबेदीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसहमतिले अनुमोदन गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए पोर्चुगलका अध्यक्ष तथा समाजका सल्लाहकार भिम केसी कमलले शुभ-कामना मन्तब्य सहित पोर्चुगलमा रहेका सम्पूर्ण साहित्यानुरागीहरुलाई एकाबद्ध भै अगाडी बढ्न सुझाव दिएका थिए भने अनेसास पोर्चुगलको  सबैभन्दा पुरानो सस्था भएकोले यसको बिकास र बिस्तारका लागि प्रयासरत सम्पूर्ण  साहित्यानुरागीहरुलाई बधाई दिएका थिए ।

नेपाली नयाँ वर्षको अबसर पारेर “विश्व ब्यापी खुल्ला गजल प्रतियोगिता” गर्ने निर्णय गर्दै पहिलो सत्रको कार्यक्रम सम्पन भएको थियो भने दोस्रो शत्रमा सुनिल संगम, वाइवी गुरुङ, अनुराग कडेल, कृष्ण कडेल “जिज्ञासु”, श्याम सुबेदी, भूपति गैरे, कमल सापकोटा आदि लगायत पोर्चुगलका दर्जन भन्दा बढि श्रस्टाहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति सुनिल संगमद्वारा साहित्यप्रेमीहरुलाई अनेसासमा आबद्ध हुन अनुरोद गर्दै उपस्थित सम्पूर्ण  महानुभावहरुलाई हार्दिक धन्यवाद दिएका थिए भने कार्यक्रम समाजका महासचिव अनुराग कडेलले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका