Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जङ्गली हात्तीको आतङ्कबाट जोगिने यस्तो छ नयाँ प्रविधि – Gaule Khabar

जङ्गली हात्तीको आतङ्कबाट जोगिने यस्तो छ नयाँ प्रविधि

जङ्गली हात्तीको आतङ्कबाट जोगिने यस्तो छ नयाँ प्रविधि

बर्दिया ,माघ १७-

मात्तिएको हात्ती बस्तीमा पसेर बर्सेनि मानिसको ज्यान लिन थालेपछि सरकारले हात्ती आएको सूचना स्थानीय बासिन्दालाई दिने प्रविधिको विकास गर्न थालेको छ ।यो प्रविधि सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हात्तीको आतङ्कबाट जोगिनसक्ने अपेक्षा सरकारी अधिकारीले लिएका छन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार हात्तीले बढी दुःख दिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका समुदायलाई हात्ती आएको सूचना मोबाइलमा प्रवाह गरिने भएको छ भने मोबाइल नहुने व्यक्तिलाई साइरनका माध्यामबाट सूचना प्रसारण गरिने बताइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार पहिलो चरणमा निकुञ्जको मध्यवर्ती क्षेत्र सूर्यपटुवा गाउँ विकास समितिको खाता जैविक मार्गको पत्थरबोझीमा परीक्षणका रूपमा यसलाई सञ्चालनमा ल्याइएको छ ।

विशेष गरेर खाता जैविक मार्गमा हात्तीको ओहोरदोहोर हुने र कहिलेकाहीँ बस्तीमा पसेर हात्तीले धनजनको क्षति पु-याउने गरेकाले यहाँका बासिन्दाको माग र निकुञ्जले गरेको अध्ययनबाट परीक्षणका रूपमा यो प्रविधिको विकास गरिएको संरक्षण अधिकृत थापाले बताउनुभयो ।

यो प्रविधि सफल भएपछि निकुञ्ज वरिपरिका सबै क्षेत्रमा सञ्चालन गरिने भएको छ । यो प्रविधिको विकासले हात्ती लगायतका अन्य वन्यजन्तु बस्तीमा प्रवेश गर्दा स्थानीय समुदायलाई पूर्वसूचना प्राप्त हुँदा हरेक व्यक्ति सतर्क र सजग रहनसक्ने अपेक्षा गरिएको छ ।

गत २०७३ साल वैशाखदेखि हालसम्म जङ्गली हात्ती गाउँमा पस्दा पाँच जनाको ज्यान गइसकेको छ भने ३०० भन्दा बढी घर क्षति भएको निकुञ्ज कार्यालयले जनाएको छ । यो अवधिमा करिब १०० घरमा भण्डारण गरिएको अन्न क्षति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका